सुनको भाउ तोलामा १८ सयले घट्यो

काठमाडौं । सुनको भाउ तोलामा १८ सयले घटेको छ। मंगलवार (आज) १८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।