इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य १९९ पुग्यो

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको हो।

निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन्। निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।