भागदौडमा १८ जना आप्रवासी मारिए,सयौँ घाइते

काठमाडौं ।युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौँ घाइते भएका छन्। भागदौडका क्रममा केही प्रहरी पनि घाइते भएका छन्।दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रिकी नागरिक छन्।

मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो। सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए।