लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरेको हो–रामचन्द्र पौडेल

काठमाडौं । स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । आज तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र गठबन्धन भएको बताएका हुन ।

लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको उनको दावी छ।सत्तारुढ दलहरूका बीचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै पौडेलले केपी ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको पौडेलको भनाई छ ।

वरिष्ठ नेता पौडेलले ग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । वरिष्ठ नेता पौडेलले उ चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुरा बोल्न नहुँने जिकिर गरेका छन् । उनले लोकतन्त्र संविधान जोगाउन गठबन्धन गरेको उल्लेख गरेका छन् । उनले काँग्रेसले कम्युनिष्टहरुले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताएका छन् ।