खाँडाचक्रका मेयर शाही एकीकृत समाजवादीमा प्रवेश

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् ।

वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो । खाँडाचक्र नगरपालिकामा माओवादीले उपमेयर जितेको छ ।

कालीकोटकै खाँडाचक्रमा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका कमल शाही भने पार्टीकै नेताहरुको अगुवाईमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।