साफ यू–२० फुटबल खेल्न नेपाली टिम भुवनेस्वर पुग्यो

सुर्खेत । भारतमा आगामी साताबाट सुरु हुने यू–२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेस्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो ।एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेल २७ जुलाईमा श्रीलंका र तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।