माओवादी केन्द्रिय समिति बैठक आजबाट,पदाधिकारी चयन लगायतमा छलफल हुने

सुर्खेत ।नेकपा माओवादी केन्द्रिय समितिको बैठक आजवाट सुरु हुदैँछ ।प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेवाट सुरु हुने बैठकले स्थानिय तहको निर्वाचनको समिक्षा देखी संघीय निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गर्नेछ ।

गत पुसमा महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी टुंग्याउन नसकेको माओवादीले आजवाट सुरु हुने केन्द्रिय समिति बैठकमा सो बिषय पनि अजेन्डाको रुपमा प्रस्तुत हुने केन्द्रिय सदस्य रञ्जित तामाङले जानकारी दिए ।