सिड्नीमा बाढीको कहर, हजारौँलाई घर छाड्न भनियो

अष्ट्रेलिया ।अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ । ‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् ।यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो ।

‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै मोर्चामा खतरा सामना गरिरहेका छौँ’, कुकले भनिन् । मौसम विज्ञान ब्यूरोले ३५० एमएम सम्मको वर्षाले केही क्षेत्रहरूमा असर गरेको र नेपियन नदीमा बाढीको जोखिम रहेको जनाएको छ ।

सिड्नीको मुख्य बाँध भत्किन थालेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।सल्लाघारीमा कर्पोरेट कार्यालय स्थापनापछि काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौतीलगायतका ठाउँंहरुबाट आउने ग्राहकलाई सहज हुने विश्वास इन्जिनियर दुवालले लिए । अरनिको राजमार्गबाट कर्पोरेट कार्यालय नजिकै रहेको कारण ग्राहकलाई सुविधा मिल्ने उनको विश्वास हो । कारखाना भने त्यहाँंबाट झण्डै पाँंच किलोमिट टाढा पर्छ ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । कारखानामा पहिला नै बनेर निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्भब भएको हो ।