घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

सुर्खेत ।आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्य एक हजार ६ सय रुपैयाँल घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।यता, आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।