रुसले ग्याँस आपूर्ति कटौती गर्न सक्ने सदस्य राष्ट्रहरूलाई ईयूको चेतावनी

सुर्खेत। सदस्य राष्ट्रहरूलाई रुसले ग्याँस आपूर्ति कटौती गर्न सक्ने युरोपेली सङ्घ (ईयू) ल चेतावनी दिएको छ। युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनले रुसले आगामी दिनमा युरोपको ग्याँस आपूर्ति कटौती गर्न सक्ने चेतावनी दिएकी हुन् ।

ईयू प्रमुखले रुसी ग्याँस आयात घटाउन आग्रह गरेकी छन् । यसका लागि आगामी दिनमा आपत्कालीन योजना तयार गर्ने पनि उनले सङ्केत गरेकी छन् ।उनले भनिन्, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेल र ग्याँस जस्ता आवश्यक चीजहरूलाई पनि हतियार बनाएका छन्।