जुम्लाको खेलकुदमा महिला सहभागीता बढाउन जोड

सुर्खेत। खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारीस्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए । उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्युन रहेको बताए ।

ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागीता खासै देखिँदैन । खेलको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिने राष्ट्रपति कार्यक्रमको अभियान हो । ‘महिला सशक्तिकरण हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम विकल्प’ भन्ने अभियानको नारा छ । हेर्दा सामान्य लागे पनि यसको सन्देश भने निकै अर्थपूर्ण छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी महिलाले पाएका छन् । तर, असारे विकाससँग जोडिएको यो कार्यक्रम ग्रामीण बस्तीका विद्यालयस्तरमा भने पुग्न सकेको छैन ।

खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य खेल क्षेत्रमा महिलाको क्षामता बढाएर उनीहरूलाई निर्णायक बनाउन खोजिएको हो । खेलकुदमा महिला सहभागिता बढाउन आवश्यक छ ।’ उनका अनुसार एक सय ५० जना महिला खेलाडी सहभागीता गराउने लक्ष्य हो । तर, मौसमले साथ नदिएका कारण टाढाका महिला सहभागी हुन सकेन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले महिला सहभागिताको अर्थ पुरुषलाई उपेक्षा होइन् । तर, महिला भएका कारण धेरै क्षेत्रबाट हेपिएका छन् । प्रतियोगिता आयोजनामा महिलालाई पुरुषले पनि उतिकै साथ दिन आबश्यक छ ।

एन्फाका केन्द्रीय सदस्य भरत बहादुर बुढ्थापाले प्रतियोगितामार्फत महिला सशक्तिकरणको सन्देश दिनु आफैंमा उदाहरणीय हो । एक त जुम्लाका महिला सबै क्षेत्रमा पछाडि छन् । अरु ठाउँका महिलाले खेलकुद क्षेत्रबाट पुरस्कार पाउँदा हाम्रा विद्यलयमा अध्यायनरत्त छात्रा सूरुवालमै हाइजम खेल्ने गरेको तितो सत्य सुनाए ।