आज सुन, चाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुर्खेत । आज नेपाली सुना, चाँदी बजारमा सुनको मुल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

  

यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मुल्य तोलाको ९३ हजार आठ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।