चर्चित लेखक रुस्दीमाथि छुरा प्रहार,अवस्था गम्भीर

काठमाडौं । चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ ।

न्युयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ ।आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।