आज पनि गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं ।आज पनि सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल हुनेछ ।

गठबन्धनले पाँच दलका ११ नेता सम्मिलित कार्यदललाई प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धनका कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांकसहितको विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।