विद्युत् खपत बढाए ग्यास र पेट्रोलियम पदार्थको आयात घट्नेछ –कुलमान घिसिङ

काठमाडौ।  आयात घटाउन पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गरेका छन् । उनले भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै विद्युत् खपत बढाए ग्यास र पेट्रोलियम पदार्थको आयत घट्ने जिकिर गरेका छन् । सबै वस्तु इलेक्ट्रिसिटीमा कन्भर्ट गर्ने हो भने ३० देखि ४० अर्बको बिजुली खपत हुने उनको भनाई छ ।

उनले ग्यास र पेट्रोलियमभन्दा विद्युत् सस्तो हुने उल्लेख गर्दै प्राधिकरणले देशैभर चार्जिङ स्टेसन राख्न लागेको जनाएका छन् । उनले ग्यास र पेट्रोलियम पदार्थको प्रयोगभन्दा विद्युतको प्रयोग पनि सस्तो रहेको र अहिले चार्जिङ स्टेसन देशैभरि राख्न लागेको जानकारी दिएका छन् ।घिसिङले विद्युतीय गाडीमा एक रुपैयाँ लगानी गर्दा एक किलोमिटर यात्रा गर्न सकिन्छ भने पेट्रोलियम पदार्थको प्रयोग गर्दा एक किलोमिटरमा २० रुपैयाँ खर्च हुने बताएका छन् । उनले भान्सामा इन्डक्सन चुलो ग्यासभन्दा ६० प्रतिशत सस्तो हुने बताएका छन् ।