आज सेयर बजारको परिसूचक नेप्से २१.१६ अंकले घट्यो

काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से २१.१६ अंकले घटेर १९५१ अंकमा पुगेको छ । कारोबार रकम भने केही बढेको छ । सोमबार ९० करोड ९९ लाख रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब १९ करोड पुग्यो । जम्मा १४ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने ३ को स्थिर रह्यो ।

बैंकिङ ६, विकास बैंक ६४, फाइनान्स ३५, जलविद्युत् ४७, जीवन बीमा ८५, उत्पादन २३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा १४७, ब्यापार २९ र अन्य उपसमूह १८ अंक घटे । होटल तथा पर्यटन उपसमूह ५ अंक बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य ९।६ प्रतिशत बढ्यो ।

सानिमा माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशत घट्यो । हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६, जोशी पावरको ५ तथा रुरुको मूल्य ४.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, रिडी पावर, सानिमा माइ हाइड्रो, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् ।