राष्ट्रपतिले ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गरिन् –खगेन्द्र संग्रौला

काठमाडौं। लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै नागरिकता विधेयक खारेज गरेको आरोप लगाएका छन् । आज समाजिक सञ्जाल मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरेपछि यसको समर्थनमा एमालेसहित अन्य केही लागेका र ती सबैको नेतृत्व एमालेले लिएको भन्दै कटाक्ष गरेका हुन्।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘लगभग ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै छाया राष्ट्रपति विद्यादेवीले नागरिकता विधेयक खारेज गरिन्। यो खारेजीको समर्थनमा छिटफुट अपवादलाई छाडेर संघीयताविरोधी, राजावादी र नश्लवादी लाइन लागे। र,यी सबै तत्वको नेतृत्व लियो एमालेको ओली प्रवृत्तिले। देखियो है रमिता’।