वीरेन्द्रनगरमा अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता उद्घाटन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता उद्घाटन गरिएको छ । सैनिक आवासीय महाविद्यालय द्वारा आयोजित अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता – २०७९ को उद्घाटन गरिएको हो ।

बुधबार नेपाली सेना पश्चिम कमाण्डका निमित्त कमाण्ड सेनापति सहायक रथी टंक प्रसाद भट्टले प्रतियोगिताको समुद्घाटन र शुभकामना मन्तव्य राख्दै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्ने, शारीरिक तन्दुरुस्त हुन टेवा पुग्ने हुनाले यो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताएका छन्।प्रतियोगीता यहि असोज ८ गते शनिबार समापन हुनेछ।

उद्घाटन कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल प्रेम बहादुर विश्वकर्माले स्वागत मन्तब्य राख्दै खेलको महत्व र आवश्यकतामा जोड दिँएका थिए। कार्यक्रमको संचालन अतिरिक्त शैक्षिक क्रियाकलाप विभाग प्रमुख बेतेन्द्र कुमार दहाल गरेका थिए। चौथो खेल साउथ एसियन स्कोलार्स एकेडेमी र इगरब्रिज स्कुल बिच सम्पन्न भएको थियो ।