गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भएपनि आयु अनुसारको बुढा हुन् –ओली

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू ‘बुढो’ भएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाई छ । उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखि दिनुपर्ने भन्दै व्यङ्ग्य समेत गरेका छन् । अध्यक्ष ओलीले आ–आफ्नो आयु अनुसार सत्तारुढ दलहरू बुढो भएको र उनीहरूको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने जिकिर गरेका छन् । उनले गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भएपनि आयु अनुसारको बुढा भएको उल्लेख गरेका छन् ।