प्रतिनिधिसभा चुनाव नलड्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको घोषणा

काठमाडौं । प्रतिनिधिसभा चुनाव नलड्ने पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले घोषणा गरेका छन् । आज समाजिक सञ्जालमार्फत आर्फत उनले गोरखाली मतदातालाई धन्यवाद दिंदै आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी दिएका छन् । उनले आफूलाई लगातार ३ निर्वाचनमा विजयी गराएकोमा मतदातालाई धन्यवाद समेत दिएका छन् ।

यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनावमा भाग लिने निर्णय गरेका थिए ।२०६४ – २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन,’ चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन, कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ ।