वुमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने

काठमाडौं । खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल गोजु (काई कराते डो संघको आयोजनामा वुमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको हाे ।

वर्ल्र्ड युनाइटेड मार्सल आर्टस् (वुमा) बाट मान्यताप्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुस (मंगलबार र बुधबार)  दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।

स्मार्ट पार्टी प्यालेस चावहिलको हलमा सन्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङहरुबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा संघले गरेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ ८/८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए ।