सल्यानमा लडेर एक जनाको मृत्यु

सल्यान । सल्यानकाे शारदा नगरपालिका–३ पौवाबारीमा लडेर एक जनाक मृत्युु भएको छ । पौवाबारीका खडगदेवी प्राथमिक विद्यालयका कार्यालय सहयोगी ५३ वर्षीय तीर्थबहादुर सेजवालको प्रतीक्षालयबाट लडेर मृत्यु भएको हो ।

उनी घर नजिकैको शिवपार्वती मन्दिर परिसरको प्रतीक्षालयबाट लडेर करिब ५ मिटर तल खस्दा टाउकोमा गहिरो चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लडेर मृत्यु भएका सेजवालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले जानकारी दिए।