कर्णालीका हिमाली जिल्लामा बर्षा सँगै हिमपात (फाेटाेफिचर)

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा वर्षा सँगै हिमपात भएको छ । हिमाली जिल्लाहरु हुम्ला, डाेल्पा, मुगु, जुम्लामा हिमपात भएको छ । यस्तै, कालिकोटमा अग्ला लेकहरुमा हिमपात भएको छ भने सदरमुकाम मान्म बजारमा वर्षा भैरहेकाे छ ।

हिमाली जिल्लामा परेकाे हिमपातले काेदाे, चिनु, कागुनाे, फापरलगायतका कात्तिके बाली राम्रो हुने त्यहाँका किसान बताउछन् । त्यस्तै, कालिकोट हिउँदे वर्षा भएपछि त्यहाँका किसानहरु खुसी भएका छन् ।

चिसाेका कारण स्थानीयहरु घर बाहिर निस्किन सकेका छैनन् । अहिले हुम्ला सिमिकोटको तापक्रम ३ डिग्रि सेल्सियस छ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण चिसाे पढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

तस्बिरहरू