कर्णालीका अर्थमन्त्री शाहद्वारा रंगशालाकाे अनुगमन

बजेटको अभाव हुन नदिन प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री विनाेदकुमार शाहले निर्माणधिन प्रदेश रंगशालाकाे अनुगमन गरेका छन् । शनिबार शाहले कर्णाली प्रदेशले राष्ट्रिय गाैरवकाे आयाेजनाकाे रूपमा लिएकाे रंगशालाकाे अनुगमन गरेका हुन् ।

उक्त रंगशालाकाे अनुगमन गर्दै मन्त्री शाहले तोकिएकै समयमा रंगशाला निर्माणको काम सक्नेगरि लाग्नुपर्ने सुझाव दिएका छन् । मन्त्री शाहले अहिलेसम्मकाे प्रगति हेर्दा काम छिटो र सन्तोषजनक रहेकाे भन्दै प्रसंशा व्यक्त गरेका छन् ।

उनले रंगशालाका लागि बजेटको अभाव हुन नदिने गरी प्रदेश सरकार अग्रसर भएर लागि पर्ने बताए । उनले भने, `बजेटकाे अपुगमा संघ सरकारसँग पहल गर्ने छु ।´ प्रदेश राजधानी सुर्खेतकाे वीरेन्द्रनगरकाे रंगशालामा हालसम्म करिब ३३ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

उक्त रंगशाला १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत निर्माण हुँदैछ । निर्माण जिम्मा एमएसी-जिएसएल कम्पनीले लिएकाे छ भने साे रंगशालामा १० हजार दर्शक अट्ने क्षमता रहेकाे कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जालले जानकारी दिए ।

१० हजार दर्शक अट्ने क्षमता छ। भने निर्माणको जिम्मा एमएसी–जिएसएल कम्पनीले लिएको छ। हालसम्म फुटबल मैदान, कबर्ड हल, भिआइपी प्यारापिट, स्वीमिङ पुलको ढलानलगायत अन्य भौतिक संरचनाका कामहरु भइरहेका छन् ।

जसमा भलिबल, बास्केटबल लगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचना निर्माण भइरहेका छन् । २०८१ मा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने घोषणासमेत गरिएकाे छ।