कर्णालीमा क्रिकेट मैदान नहुँदा खेलाडीलाई सास्ती

जग्गाको खोजीमा प्रदेश सरकार र खेलकुद परिषद्

सुर्खेत । कर्णाली प्रदेशमा क्रिकेट मैदान नहुँदा खेलाडीलाई सास्ती भोग्नु परेको छ । पछिल्लो समयमा क्रिकेटमा क्रेज बढेपनि खेलाडीले खेल मैदान खोज्दै हिड्नु पर्ने बाध्य रहेको हो । प्रदेशकै राजधानीमा खेलमैदानको अभावमा रहेको छ ।

दिन प्रतिदिन क्रिकेटप्रति क्रेज बढ्दै त गएको छ तर गतिलो खेल मैदान नहुँदा खेलाडीहरू समस्या वेहोनु परेको छ । विगतदेखि खेलमैदानको अभाव झेल्दै आएको कर्णाली प्रदेशले खेलका गतिविधि बढेपनि भौतिक पूर्वाधारका संरचनाहरू नहुँदा क्रिकेट प्रतियोगिता सञ्चालनगर्न समस्या हुने गरेको छ ।

वीरेन्द्रनगर नगरपालिको प्लानिङमा रहेको कालिन्चोकको मैदानमा क्रिकेट खेल्न प्रयोग गरिएको छ । सो मैदानमा प्रदेश सरकारले गतबर्ष वैकल्पिक रूपमा २७ लाख लागतमा मैदानलाई केही व्यस्थीत गरेको थियो । उक्त खेलमैदान दीर्घकालीन लागि समस्या हुनुका साथै, सानो र सागुरो हुँदा खेलाडीले सोचेजसरी खेल खेल्न पाउँदैनन् । खेलाडीले घाम लाग्दा धुलो र पानी पर्दा हिलोमा खेल अभ्यास गर्दै आएका छन् ।

पछिल्लो समय कर्णालीका हिमाली र पहाडी जिल्लाहरूमा पनि क्रिकेट र अन्य खेलहरूले लोकप्रियता पाउँदै आएको छ । क्रिकेटको मोह गाउँ देखि सहर सम्म त पुगेको देखिन्छ । यद्यपि उक्त खेलहरूलाई उपयुक्त खेलमैदान र पूर्वाधार निर्माण नहुँदा कर्णालीको खेल क्षेत्रमा खासै प्रगति नभएको देखिन्छ । सुर्खेतमा ०५४ सालमा क्रिकेट सुरुवात भएको हो । कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्काले बताए ।

हाल आफ्नै खर्चमा सुर्खेतको कालिन्चोकको रहेको मैदानमा खेल खेलाउँदै आएको खड्काको भनाइ छ । उनले भने, ‘कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन भएका छन्, तर खेलाडीलाई अभ्यासका लागि कोहलपुर, लमही र काठमाडौँ लिएर जानुपर्छ ।’ ‘जति क्रिकेट खेल्नका लागि मैदान चाहिने हो, त्यो भन्दा सानो छ, तर पनि प्रदेशस्थरिय क्रिकेट प्रतियोगिता उक्त मैदान गर्दै आइरहेका छौ । उपयुक्त पूर्वाधार र मैदान नहुँदा राष्ट्रियस्थरका खेल प्रतियोगिता हाम्रै प्रदेशमा आयोजना गर्न सकिएको छैन खड्काले भने ।’ त्यस्तै, कर्णालीमा क्रिकेट खेलमैदान नहुँदा क्यानले दिने सेवासुविधाबाट वञ्चित हुनु परेको खड्काले दुख व्यक्त गरे ।

यस्तै, कर्णालीमा क्रिकेटका खेलमैदानको सपना देख्नु पर्ने कर्णाली प्रदेश क्रिकेटका क्याप्टेन रवीन्द्र शाहीको भनाइ छ । खेल अभ्यासका लागि अन्य ठाउँमा जानका लागि सबैसँग आर्थिक र परिवारको सहयोग सपोट नहुने उनले बताए । उनले भने, ‘कालिन्चोकमा रहेको खेलमैदान व्यवस्थित छैन, ढुङ्गा त्यही छ, खेल प्रतियोगिता हुँदा खेलाडीहरू घाइते हुने गरेको छन्, म आफैमा पनि घाइते हुन् परेको छ । कर्णालीमा क्रिकेटको मैदान मात्रै हैन अन्य खेलकुदका लागि पूर्वाधार नहुँदा कर्णालीका खेलाडीहरू वञ्चित हुनु परेको शाहीले बताए ।

खेलकुदमा बजेट फ्रिज
सङ्घीय सरकारले गतबर्ष ३ करोड खेलकुद पूवर्धारका निर्माणका छुटाएको बजेट फ्रिज भएको थियो । यस्तै, सरकारले सातै प्रदेशमा क्रिकेट निर्माणका लागि १÷१ करोड बजेट छुट्टाएको थियो । सबै प्रदेशले जग्गा व्यवस्थापन गरिसकेका छन् । तर कर्णालीमा भने अहिले सम्म जग्गा व्यवस्थापन गर्न सकेको छैन ।

कर्णालीलाई पूर्वाधार निर्माणका लागि बजेछ छुट्याएपनि जग्गा नभएकै कारण रकम कामै नभएर फिर्ता भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जालले जानकारी दिए । गतबर्ष आएको बजेट क्रिकेट मैदान बनाउन उपयुक्त जग्गा नपाउँदा त्यो रकम काम नै नभएर फिर्ता भएको थियो ।

क्रिकेट मैदानका लागि जग्गाको खोजी
प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर ११ मा रहेको अमृतडाडाँमा सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश खेलकुद परिषद्ले किक्रट स्टेडियमको लागि सम्भावित स्थानको अवलोकन गरेको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गालाई शुक्रवार स्थलगत अनुगमन गरिएको थियो । पूर्व सम्भाव्यता अध्ययनका लागि स्थलगत अनुगमन गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जालले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रदेशमा क्रिकेटका लागि स्टेडियम बनाउनु पर्ने छ सञ्जालले भने, ‘स्टेडियम बनाउनका लागि जग्गाको खोजी गरिहरेका थियो, नेपाल ट्रस्टको जग्गा छ भन्ने सुनेको हुँदा स्थलगत अनुगमन गरिएको उनले बताए । उक्त जग्गा उपयुक्त देखिएको छ । कानुनी प्रक्रियाका ढङ्गले जग्गा प्राप्ति गर्ने र, भोका अधिकारमा लैजाने गरी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउने सञ्जालले जानकारी दिए ।

उनले भने,’ ‘सम्बन्धित सरकारवालासँग सोध पुच्छ, छलफल गरी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने छ । ‘यदि जग्गा प्राप्ति भयो र यो जग्गा प्राप्ति गर्ने प्रक्रियामा गयो भने, प्रदेशस्थरको क्रिकेट स्टेडियम बनाउने छौँ । जग्गा हेरेको ठाउँमा धेरै रुख काट्नु पर्ने पनि छैन, जग्गा खालि नै छ, यदि जग्गा प्राप्ति भयो भने, मैदान तयारीमा धेरै समय र धेरै खर्च पनि नलाग्ने हुँदा १० औँ राष्ट्रिय खेलकुदमा मैदान भने तयारी गर्न सकिने सम्भावना रहेको छ ।’

यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री टेकराज पछाईले जग्गा प्राप्तिका लागि औपचारीक ढङ्गले प्रक्रिया अगाडि बढाउने जानकारी दिए । जग्गा प्राप्ति भइसकेपछि, सुविधा सम्पन्न किक्रट स्टेडियम निमार्ण गर्नका लागि पहल गर्ने मन्त्री पछाईले बताए । जग्गा व्यवस्थापन भयो भने सङ्घ र प्रदेशको साझेदारीमा क्रिकेट स्टेडियम बनाउन सकिने उनको भनाइ छ ।