कर्णालीको माटोमा म अन्तिम श्वास लिन चाहन्छु: नरेश भण्डारी

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मन्त्री नरेश भण्डारीले कर्णालीलाई चाँदीको घेरा देखेको बताएका छन् । आइतबार कर्णाली उत्सवमा ‘कर्णाली देखि काठमाण्डौसम्म’ को विषयमा आफ्नो भनाइ राख्दै कर्णालीले सुन खानीमा नुन खोजिरहेको रहेको बताएका हुन् ।


कर्णाली खस साम्राज्यको विगतको राजधानी भएको बताए । कर्णालीले बाकी मूलकलाई समृद्धि र विकासको सन्देश मात्रै नभएर मोडल प्रस्तुत गर्ने सक्ने भण्डारी भने ।
उनले, ‘कर्णाली सम्भावनाको स्वरोवर हो, कर्णाली बदल्न सकिन्छ । यो मुलुकमा विकासको सौर्यदय कर्णालीबाट हुन्छ, अब कर्णालीबाट दुखका कथा लेखिँदैनन् भण्डारीले भने,’ ‘कर्णालीमा पिडाका गीतहरू मात्रै अब गाइँदैन र आशुको मात्रै रारा हुँदैन ।’

भण्डारीले कर्णालीका सपनाहरू फोक्सुन्डोमा डुबेका छैनन् र कर्णाली सम्भावनाको सगरमाथा हो, संर्घष गरिहरेको एकजना राजनीतिकर्मीका रूपमा आफूलाई चित्रण गर्न चाहेको बताए । उनले भने, म भगौडा हैन, म यहाँको धर्ती पुत्र हो । कर्णालीको माटोमा म अन्तिम श्वास लिन चाहन्छु । यस माटोको लागि एक थोपा रगत रहुन्जेल र शिरोन्छेदन भएपनि अन्तिम संघर्ष गर्न तयार भएको बताए ।

कर्णालीको साधन स्रोतको हकदार हामी हौँ, हामीले नै उपयोग गर्नुपर्छ । नदीमा बगिरहेको डलरलाई कर्णालीका नागरिकको जीवन समृद्धिका लागि उपयोगी हुने गरी लगाउनुपर्छ,’ उनले भने, ‘अहिले पनि कर्णालीमा केही नभएको होइन, कर्णाली हामीले सोचेजस्तो परिवर्तन नभएको मात्र हो।’ कर्णालीका विकासका थुप्रै सम्भावना भएकाले यसमा लगानी गर्दै कर्णालीका समस्या समाधान गर्न राजनीतिक सहमति जुटाउनुपर्ने बताए ।