सुर्खेतकाे लेकवेशीमा बेवारिसे ७ नाल भरुवन बन्दुक फेला

सुर्खेत । सुर्खेतकाे लेकवेशीमा प्रहरीले बेवारिसे अवस्थामा ७ नाल भरुवा बन्दुक फेला पारेको छ ।

लेकवेशी नगरपालिका-५ स्थिति तल्लो कफलेनी भेडाखाेर जंगलकाे ढुङ्गाकाे ओडारमुनी लुकाई छिपाई राखेकाे अवस्था ७ नाल भरुवा बन्दुक र १ थान बन्दुककाे खाली नाल फेला परेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

उक्त भरुवा बन्दुक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।