कालिकोटमा मिनि ट्रक दुर्घटना हुँदा एकजना मृत्युु

कालिकोट ।  कालीकोट तिलागुफा नगरपालिका-५ धनाडामा मिनि ट्रक दुर्घटना हुँदा एकजना मृत्युु भएको छ भने एकजना घाइते भएका छन् ।

गाडी चालक दैलेख चामुण्डाविन्द्रासैनि नगरपालिका- ७ पाल्तडाका २९ बर्षीय छविप्रसाद चौलागाईकाे उपचारको क्रममा  मृत्यु भएको छ ।

यस्तै , सहचालक साेहि स्थानका १८ बर्षीय दिनेश शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएकाे छ ।

मुगुबाट ग्यास सिलिण्ड लिएर सुर्खेत आउदै गरेकाे क.प्र. ०२- ००१०३५६ नम्बरको मिनि ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोट जनाएको छ । उक्त ट्रक कर्णाली राजमार्ग सडकबाट अन्दाजी ५ सय मिटर तल ट्रक खसेकाे हाे