लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरुद्ध विरोध प्रदर्शन

सुर्खेत । सुर्खेतको प्रशासन कार्यालयमा लघुवित्तिय संस्थाहरूले ज्यादतीको विरुद्धमा विरोध प्रदर्शन तथा धर्ना बसेका छन् ।

मङ्गलबार लघुतित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिले प्रशासनमा ¥याली सहितको विरुद्धमा विरोध प्रदर्शन तथा धर्ना बसेका हुन्।

नव सामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, लघुवितिय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाहा गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमता मा आधारित काम र दामको, व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका छन् ।


सातै वटा प्रदेशमा लघुतित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम राखेको कर्णाली प्रदेशमा संयोजक रमेश सुनारले जनाकारी दिए ।
उनका अनुसार, ७७ वटा जिल्लाहरुका प्रशासनमा अनसन बस्ने र धर्ना बस्ने कार्यक्रम गरिरहेको बताए।

शान्तिपूर्ण रूपमा आन्दोलन गरेका छौँ सुनारले भने । लघुवित्तियले गरेको ज्यायजदी, महिला दिदीबहिनी माथि गरेको आर्थिक शोषणका विरुद्ध दशैभरि आन्दोलन गर्दै आएका छौ ।