विश्वासघातको परिणाम अहिले नयाँ घटनाक्रमले देखायोः उपसभापति पूर्णबहादुर खड्का

सुर्खेत । नेपाली काँग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार निरन्तर अगाडि बढ्ने दाबी गरेका छन्। बुधवार सुर्खेत विमानस्थलमा पत्रकार सम्मेलन गर्दै  उनले प्रचण्ड सरकारको नेतृत्व निरन्तर अगाडि बढ्ने दाबी हुन् ।

उनले भने, म मन्त्री बन्दैन भनेर ७ वर्ष अगाडि भनेको थिए । संविधान जारी गर्नु भन्दा पहिला हामीहरू बिचमा जे सहमति भएको थियो, त्यो सहमतिबाट पछि फर्किने सहमति गर्दै , प्रधानमन्त्रीका उम्मेदवार दिने सहमति तोडेको अवस्थालाई मैले असहमति जनाउँदै सह महामन्त्री पदबाट राजीनामा दिएर देश दौडाहा हिँडेको थिए ।

मेरो जीवनमा  मन्त्री बन्दिन,  मन्त्री अभियानमा अब लाग्छु, मन्त्री बन्दैन भनेर भगवानको नेपाली जनता र मतदाताको जिम्मामा छोड्दिन्छु भनेर घोषणा गरेको थिए खड्काले भने । आठ दलले राष्ट्रपतिको साझा उम्मेदवार अगाडि बढेका छौ । सरकार निर्माणको नयाँ सन्दर्भमा प्रवेश गरेका छैनौँ ।

नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा वलीले आफ्नो हातमा राष्ट्रपति चुनावपछि प्रधानमन्त्रीको पद र राष्ट्रपति पुग्यो भने, फेरि संसद् विघटन गर्छु भन्ने सन्देश प्रस्ट बुझिने गरेर दिएका छन् । त्यो सन्देशले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अत्यन्त मजाले झस्कायो । त्यो घट्नाले प्रधानमन्त्रीलाई झस्कायो मनमा चिसो पस्यो खड्काले भने ।,

उक्त घटना जोडिएर अप्राकृतिक एजेन्डा नमिलेको पार्टीहरू बिचको पुस १० गतेको मिलन जुन थियो, त्यो मिलन भत्कियो र प्राकृतिकरुपमा एजेन्डामा सहमत भएका दलहरुका बिचमा ८ दलीय उपस्थितबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल प्रस्तावित भएको छन्  ।  साथै उने, विश्वासघातको परिणाम अहिले नयाँ घटनाक्रमले देखाएको बताए ।