सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना ९ बजेदेखि सुरु हुने

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना ९ बजेदेखि सुरु हुने भएको छ । सुर्खेतको बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि स्ववियु निर्वाचनको मतगणना अन्यौलता परेको थियो ।

निर्वाचन अधिकृत ओमप्रकाश न्यौपाने सम्पर्कविहीन भएपछि मतगणना अन्योल थियो ।

निर्वाचन अधिकृत ओमप्रकाश न्यौपानेले भने विद्यार्थीसँग बसेर आचारसंहिता बनाउन बाकी रहेको र मतगणना स्थलमा तार जालीको व्यवस्थापन गर्ने बाकी रहेको बताएका छन् ।

उनले भने, ‘म क्याम्पसबाट आफ्नो कोठामा पुग्दा ढिलो भएको थियो । त्यही समयमा विद्यार्थीहरूले मतगणना हुनु पर्छ भनेर केही समय आएर नारा जुलुस गरेछन् । आधा घण्टापछि विद्यार्थीहरूसँग कुरा भएपछि सोमबार गणना गर्ने सहमति भएको हो ।’

मतगणना मैत्री भवनमा हुने निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिएका छन् । सुर्खेत बहुमुखी क्याम्पसमा १ हजार ६८१ मत खसेको छ ।