कर्णाली प्रदेशमा काँग्रेस सरकारमा छिट्टै जान्छ: रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय गठबन्धन अनुसार नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा जाने बताएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कर्णालीमा चाँडै नै काँग्रेस सरकारमा जाने बताएका हुन् ।
एमालेसँगको गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको मन्त्री खड्काले बताए ।

‘संसद विघटनलाई बैधानिक जामा दिने प्रयत्न नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओलीले संसदमा आफ्नो अभिव्यक्त मार्फत घोषणा गर्नुभयो र संवैधानिक परिपाटीलाई चुनौति दिनुभयो । आफूले गरेका असंबैधानिक कदमहरुलाई अदालतले असंवैधानिक कदहरुलाई स्वभाविक भन्नू भयो ।`  उनले भने।

यस्तै, खड्काले चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री प्रचण्डले जनतासामू गरेको प्रतिबद्धता अनुसार कर्णालीमा पर्याप्त बजेट पारिने गर्ने बताए । साथै, कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेटने दावी गरे । कर्णाली सरकारले कर्णाली करिडोर सडकको सुरुङ्ग मार्गसहितको डिपिआर गरिसकेको जानकारी दिए ।

‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ । यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं ।’ उनले भने।

प्रतिस्पर्धा आफ्नो ठाउँमा रहेपनि मुलक बनाउने र जनताको हितमा काम गर्न, मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र मुलुकको भुगोलको रक्षामा गर्नमा कसैको पनि डर मान्न नपर्ने खड्का बताए ।