नक्कली भुटानी शरणार्थी प्रकरण: एकीकृत समाजवादीद्वारा वीरेन्द्रनगरमा विरोध प्रदर्शन

सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरणको विषयलाई लिएर नेकपा एकीकृत समाजवादी माेर्चा संगठनले बिहीबार विरोध प्रदर्शन गरेकाे छ ।

बिहीबार कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेको हाे ।

नक्कली सरणार्थी काण्डका सबै अपराधीलाई कडा कार्वाही गर भन्दै विराेध प्रदर्शन गरेका थिए ।

नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर तेस्रो मूलकमा पठाउने अपराधिक गतिविधि राष्ट्रिय विराेधि गतिविधि भएको नेकपा एकीकृत समाजवादी पार्टीका सुर्खेत जिल्ला अध्यक्ष माेहन बडुवालले बताए ।

यी गतिविधिहरुकाे भण्डाफाेर र दाेषीलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्छ अध्यक्ष बडुवालले भने,` `कुनै पनि राजनीति बाहानामा कुनै संलग्न दाेषीहरु छुट्नु हुन्न।,

बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएकाे र एरिचाेकमा सांकेतिक रुपमा सडकमा खबरदारी र दाेषीलाई कार्वाहीकाे माग गरेका थिए ।