पेट्रोलियम पदार्थको मुल्य वृद्धि

काठमाडौं ।  पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ । भारतबाट बिहीबार पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको हाे ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २.४ रूपैयाँ र डिजेल प्रतिलिटर २.११ रुपैयाँ बढाइएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भारतबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपनि नेपालमा तत्कालै मूल्यवृद्धि नहुने बताए ।

हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रूपैयाँ घटेर आएको छ । उपभोक्ताले अहिले पेट्रोलको प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५५ रुपैयाँमा मूल्य तिरेर प्रयोग गरिरहेका छन् ।