बालकुमारी घटना प्रकरण : दैलेखमा आन्दोलन

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन गरिएको छ ।


शनिबार दैलेखकाे सदरमुकामको गणेश चोकदेखि लोकतान्त्रिक चोकसम्म आन्दोलन गरिरहेका छन् ।

आन्दोलनकारीले  हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन भन्दै सरकारविरुद्ध युवाहरुकाे समूह र विभिन्न राजनीति दलका व्यक्तिहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामाकाे माग गरिरहेका छन् ।