राष्ट्रिय सभाका लागि माओवादीले टुंग्यायो ६ उम्मेदवार

सुर्खेत । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवारमा ६ जनाकाे नाम सिफारिस गरेकाे छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हाे ।

जसमा कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

१९ सीटको लागि आगामी माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सीट पाएको थियो । राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।