कालिकोटमा करेन्ट लागेर दुई जनाकाे मृत्यु

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका-८ कालढुगामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ-८ वर्ष ४३ का केशव थापा र साेही ठाउँका वर्ष २५ का गंग थापा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार पाेल सार्ने क्रममा करेन्ट लाग्दा दुबै जनाकाे घटनास्थलमै मृत्यु भएको बताए ।

पुरानो पोल उखेलेर अर्को ठाउँ सार्ने क्रममा नयाँ राष्ट्रिय प्रसारण लाइनका पाेलमा ठाेक्किदा यस्तो घटना घटेकाे स्थानीय राेहन विष्ट जनाएका छन् ।

केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन । साेही स्थानमा छ महिना अगाडि नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रले ११ हजार भोल्टलाइन पुर्‍याएको थियो ।