पत्रकारितामा विकृति हटाउन निष्पक्षता र जिम्मेवारी आवश्यक

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश तथा सुर्खेत जिल्ला शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष कुलमणि देवकोटाले पत्रकारहरूले सत्य, तथ्य, र निष्पक्षता अपनाउँदै महत्वपूर्ण योगदान गर्ने विश्वास रहेकाे बताएका छन्।

आइतबार नेकपा (एमाले) जिल्ला कमिटी, सुर्खेतद्वारा आयोजित कार्यक्रममा अध्यक्ष देवकोटाले विकृति र विसंगति हटाउन पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

संघीय लोकतान्त्रिक प्रणालीमा दलगत आस्था पाप नभएको उनकाे भनाइ छ । । तर, जनताले विश्वास गरेको गठबन्धनले सुशासन कायम गर्न सकेन भने परिवर्तन सम्भव हुँदैन,` उनले भने ।

यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले कर्णालीका पत्रकारहरूले निष्पक्ष र जिम्मेवार पत्रकारिताका लागि प्रयासरत रहनुपर्ने बताए। सरकारका राम्रो कामलाई समर्थन गर्नुपर्छ, तर गलत कामलाई सशक्त रुपमा उजागर गर्न हाम्रो कलम सधैं तयार रहनुपर्छ,” शर्माले भने ।

साथै, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिलराज शर्माले पत्रकारितामा दलगत हस्तक्षेपका कारण स्वतन्त्रता कमजोर हुने खतरा रहेकाे औंल्याए । पत्रकार महासंघमा हुने दलगत हस्तक्षेपले व्यावसायिक पत्रकारितालाई कमजोर बनाएको छ उनले भने,` स्वतन्त्र पत्रकारिताको प्रवर्धन अहिलेको आवश्यकता हो ।`

पत्रकारिताको व्यावसायिक चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराउँदै कार्यक्रममा सहभागीहरूले संस्थागत सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिए ।