काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १९ अंकले बढेको छ ।
कारोबार समयदेखि नै उकालो लाग्ने थालेको नेप्से परिसूचक बन्द हुँदासम्म दोहोरो अंकले बढेर २८ सय ४३ अंकमा पुगेको हो ।
यस क्रममा आज ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड ३८ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ ।
ए.के. सञ्चार । १७ असार २०७८, बिहीबार १६:०४