आउने निर्वाचनलाई नियमित सामान्य प्रक्रियामात्र नसम्झौं–राजेन्द्र लिङदेन

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गरेका छन् ।आज राप्रपाको आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नविन ढंगले क्रियाशिल रहेको चुनाव चिन्हलाई साझा चिन्हका रुपमा प्रयोग गर्न आग्रह समेत गरेका छन् । ‘राप्रपाको चुनाव चिन्ह हलो राप्रपाको मात्रै चुनाव चिन्ह नभई नेपाली जनतालाई अप्ठेरोबाट त्राण दिने चिन्ह भएको बताए ।