नेपालले आज केन्यासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्यासँग तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ ।

पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।