नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : कर्णालीबाट पुरुष र महिला भलिबल खेलाडी छनोट 

कालिकोट । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णालीबाट भलिबलका लागि महिला र पुरुष खेलाडी छनोट गरिएका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि जिल्लाबाट १५/१५ जना खेलाडी छनोट भएकाे छनाेट कमिटीका सदस्य जीवन शाहीलेले बताए ।

कालिकोटकाे खाडाचक्र नगरपालिका वडा न १ काे जिल्ला विकास समितिकाे खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट खेलाडीहरु छनोट गरिएका छन् । पुरुष भलिबल तर्फ ललित विक, प्रकाश विक, नवीन वलि, मिलन शाही, सैलेन्द्र शाहि, समीर रावत, लक्षण खड्का, जीवन शाही, ललितसेन ठकुरी, भरत विक, पवल गहतराज र साेलन बस्नेत छनोट भएका छन् भने भिम चलाउने, ललित परिवार र हरिश बुढा बैकल्पिकमा परेका छन् ।

यस्तै महिला तर्फ निर्मला आचार्य, कल्पना बाेहाेरा, उर्मिला माझी, रिमा गेलाङ्ग, हिरा जैसि, सीता सिहं, सैलिजा शाही, बालिका विक, बिपना वलि, जानकि नाथ, वीरेन्द्वा धमला र सुस्मिता थापा छनाेट भएका छन् भने यस्तै विपना गिरि, सपना परिवार र मंगला बुढा बैकल्पिकमा परेका छन् ।

उक्त छनाेट प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष तथा छनाेट प्रतियोगिताका संयाेजक चन्द्रकुमार गिरिकाे संयोजकतामा ४ सदस्य छनाेट कमिटी पारित गरेकाे छ । छनाेट समितिका सदस्यमा युद्धमान बस्नेत, माेतिराम रम्तेल, सुवास जिसि र जीवन शाहिलाई रहेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने तय भएको छ ।