२०८२ असार १७ , मंगलबार

कर्णाली सरकारले पुर्णता पायाे



सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रीपरिषद् गठन भएको छ । कर्णाली प्रदेशमा नेकपा मोओवादी केन्द्र र एमालेबीच सहमति हुँदा मन्त्रीपरिषद्ले पूर्णता पाएको हो ।
मोओवादीका सुर्खेतबाट निर्वाचित कृष्ण बहादुर जिसी कानुन मन्त्रालय, मुगुबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र सल्यानका भीम प्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, नेकपा एमालेबाट कर्णाली प्रदेशमा डोल्पाबाट निर्वाचित जितबहादुर मल्ल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जुम्लाबाट टेकराज पछाई मन्त्री सामाजिक विकास मन्त्रालय, दैलेखबाट बिनोदकुमार शाह आर्थिक मामिला तथा कानुन मन्त्रालय दिने सहमति हो । नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण गर्ने तयारी रहेको छ ।

 

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधबार