
प्रमुख सचेत एवम् पूर्व सामाजिक विकासमन्त्री टेकराज पछाई
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दल प्रमुख सचेतमा सांसद एवम् पूर्व सामाजिक विकासमन्त्री टेकराज पछाईलाई चयन भएका छन् । नेकपा एमाले पार्टी शुक्रबार बसेको बैठकले पछाईलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठकले सबैको सहमतिमा पछाईलाई प्रमुख सचेतक चयन गरेको जानकारी दिए । पछाई जुम्ला प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

प्रकाशित मिति : २०८० वैशाख ८ गते शुक्रबार






