काठमाडौं । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यासको १५ औं संस्करण असोज ४ गतेदेखि पुनः सुरु हुने भएको छ ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौड्यालका अनुसार महामारीले रोकिएको अभ्यास भारतको पिथौरागढमा दुई सातासम्म चल्नेछ ।
सूर्यकिरण भनिने सो सैन्य अभ्यासमा ३५० जना भारतीय सैनिक र ३०० जना नेपाली समकक्षी सहभागि हुने जनाइएको छ ।
ए.के. सञ्चार । १८ भाद्र २०७८, शुक्रबार १४:४७