
काठमाडौँ ।आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ ।

मन्त्रिपरिषद् स्रोतकाअनुसार आजको बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय रहेकाे छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा अध्यादेश फिर्ता लिनबारे छलफल भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार