मुगुबाट फर्कंदै गर्दा गाडीको सिटमै मृत भेटिए एक युवक



सुर्खेत । मुगुबाट नेपालगन्ज आउँदै गरेको गाडीमा एक युवक मृत फृला परेका छन् ।

जुम्लाको हिमा गाउँपालिका–१, निवासी गणेश रावत मुगुबाट घर नजिकै पुग्दा बसिरहेको सिटमा मृत भेटिएका हुन् ।

गएराति भएको घटनामा २२ वर्षीय रावत आफूबसेकाे सिटमा सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए ।

उपरीक्षक रेग्मीले भने,` मृतक ‎रावत मुगुबाट उक्त गाडीमा चढेर जुम्ला आउँदै गरेका थिए । ‎जुम्ला आइपुगेपछि अरु यात्रुले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका हुन् । ‎‎गाडीमा सवार अरु यात्रुहरूले सुतिरहेको बाहेक कुनै असामान्य गतिविधिमा नदेखेको बताएका छन् । बाकी पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ।`

उपरीक्षक रेग्मीका अनुसार मृतक रावतका परिवारले भनेअनुसार गम्भीर बिरामी नभएको तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताए ।

‎‎‎अहिले उनको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार