काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन । लेखीले पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।
उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनु परेको बताए । उनले नयाँ दल खोल्ने आफ्नो योजना नरहेको प्रस्ट पारे ।
ए.के. सञ्चार । १४ आश्विन २०७८, बिहीबार १२:२३