३३ किलाे सुन तस्करीमा संलग्न ६ जनालाइ जन्मकैद

काठमाडौँ ।  त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन तस्करीमा संलग्न ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैद सजाय सुनाएको छ । मंगलबार अदालतले उनीहरूलाई दोषि ठहर्दै यस्तो सजाय सुनाएको हो । न्यायाधीश भरत लम्सालको इजलासले उनीहरूलाई यस्तो सजाय सुनाएको हो ।

मोरङको उर्लावारी नगरपालिका – ७ निवासी चुँडामणी उप्रेति ‘गोरे’ सुन प्रकरणका मुख्य योजनाकार थिए । उनीसहित टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले लगायत ६ जनालाई पनि जन्म कैद सजाय सुनाएको छ। जसमध्ये दुई जनालाई ३ वर्ष र ६ महिना कैद सजाय सुनाएको छ ।