२०८२ कात्तिक ३० , आइतबार

कर्णालीमा दलित संघर्ष समिति गठन




सुर्खेत : नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाले कर्णालीमा शुक्रबार दलित संघर्ष समिति गठन गरेको छ । वीरेन्द्रनगरमा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको मुक्तिमोर्चाको पूर्ण बैठकले पार्टीको विशेषाधिकार सम्बन्धिको नीतिलाई पार्टी संगठनभित्र अनिवार्य लागू गर्न दलित संघर्ष समिति गठन गरेको हो ।

कर्णाली प्रदेशको दलित आन्दोलनलाई उचाइमा पुर्‍याउन पार्वती विकको संयोजकत्वको जिम्मेवारी तोकिएको छ । जसमा इन्चार्ज रातो कामीसहित पाँच सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

संघर्ष अन्तरगत पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरुप र समावेशीकरणको विषयमा व्यापक जनमत सिर्जना गर्ने आज देखी तीन महिना सम्म चल्ने अभियानमा १० जिल्लाका ७९ वटै पालिकाका १६ हजार बढी दलितहरुलाई मोर्चामा सामेल गरिने मुक्तिमोर्चाका कर्णाली प्रदेश संयोजक पार्वती विकले बताइन् ।

यो अभियानले संविधानमा दलितका हक अधिकारहरु सुनिश्चित गरेपनि कार्यान्वयन प्रभावकारी बनाउँन, दलित समुदाय भित्रै हुने विभेदको अन्त्य गराउन, धर्म निरपेक्ष राष्ट्र भएपनि कथित हिन्दु धर्मलाई प्रसय हुनेगरि राज्य दलित र उत्पीडित वर्ग समुदाय माथि भएको दमनको भण्डाफोर गर्ने, तथा संविधानको अधिकार स्थापित गर्ने मुख्य उदेश्य साथ उक्त समितिको गठन भएको हो ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार